
काठमाडौं, विजयी यात्राको निरन्तरतासँगै भारतले दोस्रो जित निकाल्दै एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको पछिल्लो खेलमा साविक विजेता भारतले हङकङलाई ४० रनले पराजित गरेकी हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २ खेलबाट चार अंक जोडेको भारत शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुग्ने दोस्रो टोली बन्यो । १९३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो ।
यसैगरी हङकङका बाबर हयातले ४१ तथा किनचिट शाहले ३० रन जोड्दा जिसन अली २६ रनमा अविजित रहे । बलिङमा भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, रविन्द्र जडेजा र आवेश खानले समान १–१ विकेट लिए ।एजेन्सी






