
काठमाडौं, स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार तेस्रो जित निकालेको छ । रियलले स्पानुएललाई ३–१ ले पराजित गरेको हो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ३ खेलबाट ९ अंक जोडेको छ । समान खेलबाट १ अंक जोडेको स्पायुनएल १६औं स्थानमा छ ।
अवे मैदानमा रियलले १२औं मिनेटमा भिनिकस जुनियरको गोलसँगै अग्रता बनाएको थियो । तर ४३औं मिनेटमा स्पायुनएलका जोसेसुले गोल गर्दै खेल १–१ को बराबरी गरे ।
त्यसपछि करिम बेञ्जिमाले ८८औं र इञ्जुरी समयमा गोल थपेपछि रियल ३१ ले विजयी भयो । इञ्जुरी समयमा स्पानुएल दश खेलाडीमा सिमित भएको थियो ।एजेन्सी







