
दुबई, युएईमा जारी एसिया कप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । गए राति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले सुखद सुरुआत गरेको हो ।
जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमा २ अंक जोडेको छ । पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए ।
यसैगरी हार्दिक पाण्डयले अविजित रहदै ३३ रन बनाए । सूर्यकुमार यादव १८ रनमा आउट हुँदा कप्तान रोहित शर्माले १२ रन बनाए । केएल राहुल सुन्य रनमा आउट भए ।
पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।एजेन्सी







