
काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार चौंथो जित निकालेको छ ।
गएराति भएको सो खेलमा फुलह्यम २–१ ले हराउँदै आर्सनलले लगातार चौंथो जित निकालेको हो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्सनलले ४ खेलमा १२ अंक जोडेको छ । फुलह्यम ५ अंकका साथ ११ औं स्थानमा छ ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले एक एक गोल गरे । फुलह्यमका एलेकसान्दर मिट्रोभिचले एक गोल फर्काए ।
यसैगरी गएरातिकै अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ९–० को फराकिलो अन्तरले हराएको छ । लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले २–२ गोल गरे ।एजेन्सी







