
काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले पहिलो जित निकालेको छ ।गए राति भएको खेलमा युनाइटेडले लिभरपुलमाथि २–१ को जित निकालेको हो ।
जितसँगै युनाइटेड ३ खेलबाट ३ अंक जोड्दै १४औं स्थानमा उक्लिएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा जाडोन साञ्चोको गोलसँगै युनाइटेडले अग्रता लिएको थियो ।
त्यसपछि ५३औं मिनेटमा मार्कस राशफोर्डले युनाइटेडको अग्रता दोब्बर पारेका थिए । लिभरपुलका लागि ८१औं मिनेटमा मोहमेद सलाहले गोल गरेका थिए ।एजेन्सी







