
काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिष्टल प्यालेसले बराबरी खेलेका छन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको पछिल्लो खेलमा लिभरपुल र क्रिष्टलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
क्रिष्टलले ३२औं मिनेटमा विलफ्रिड जाहाको गोलबाट अग्रता बनाएको थियो भने ५७औं मिनेटमा नुनेजले रेडकार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो ।
त्यसपछि ६१औं मिनेटमा लिभरपुलका लुइस डायजले गोल गर्दै खेल १–१ को बराबरी गरे ।१२औं स्थानको लिभरपुलले २ खेलबाट २ अंक जोड्दा समान खेलबाट १ अंकसहित क्रिष्टल १६औं स्थानमा छ ।एजेन्सी







