
काठमाडौं, नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने भएको छ बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट बन्द प्रशिक्षण सुरु गरिने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार
नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा डाकेका छन् ।
नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ भने सो मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।
यसैगरी कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट, अनन्त तामाङ, लगायतका अनुभवी सिनियर खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।







