
काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेष्टर सिटीले लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदान इतिहाद रंगशालामा गएराति भएको खेलमा सिटीले बोर्नमाउथलाई ४–० गोलले पराजित गरेको हो ।
जितसँगै सिटीले दुई खेलबाट ६ अंक जोडेको छ । १९औं मिनेटमा इल्के गुण्डोगानको गोलसँगै अग्रता लिएको थियो ।
त्यसपछि सिटीका लागि ३१औं मिनेटमा केडिन डी ब्रुनी र ३७औं मिनेटमा फिल फोडेनले गोल थपेका थिए । ७९औं मिनेटमा बोर्नमाउथका जेफरसन लेर्माले आत्मघाती गोल गरेपछि सिटी ४–० ले विजयी भयो ।
प्रिमियर लिगअन्तर्गत नै आर्सनलले लेष्टर सिटीलाई ४–२, ब्रेन्टफोर्डले म्यानचेष्टर युनाइटेडलाई ४–० र एष्टन भिल्लाले एभर्टनलाई २–१ ले हराए ।एजेन्सी







