
काठमाडौं, महिला युरोकप २०२२ को उपाधि आयोजक इंग्ल्यान्डले जितेको छ । आइतबार राति वेम्बलीमा भएको फाइनल खेलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।
जितसँगै इंग्ल्यान्ड पहिलो पटक महिला युरोकपको उपाधि जित्न सफल भएको छ । इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले एक गोल फर्काइन् ।
खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । तर ७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याईन् । त्यसपछि निर्धारित ९० मिनेटमा समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।एजेन्सी







