
नयाँदिल्ली, (आईपीएल) इन्डियन प्रीमियर लिग अन्तर्गत गए राति भएको अन्तिम लिग खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । अन्तिम ओभरमा रविचन्द्रन आश्विनको द्रुत ४० रनले रोयल्सलाई अंक तालिकामा दोस्रो स्थानमा पुग्न मद्दत गरेको हो ।
योसँगै लखनउ तेस्रो नम्बरमा आएको छ भने क्वालिफायरको सट्टा एलिमिनेटर खेल खेल्नुपर्नेछ ।
यसैगरी मोइन अलीको ९३ र कप्तान धोनीको २६ रनको सहयोगमा चेन्नईले टस जितेर पहिले ब्याटिङ गर्दै १५० रन बनाएको थियो । जवाफमा राजस्थानले यशस्वी जैसवालको ५९ र रविचन्द्रन आश्विनको अविजित ४० रनको मद्दतमा चेन्नईलाई दुई बल बाँकी रहँदा पाँच विकेटले पराजित गर्यो। अश्विनले २३ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै अविजित ४० रन बनाए ।
हाल राजस्थान र लखनउको अंक तालिकामा समान १८ अंक छ । तर राजस्थानको नेट रन रेट (०.२९८) लखनउ (०.२५१) को तुलनामा राम्रो छ। एजेन्सी







