
मेलबर्न, अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रियु साइमन्ड्सको दुर्घटनामा मृत्यु भएको छ । उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु ४६ वर्षीय साइमन्ड्सको भएको हो ।
उनले अस्ट्रेलियाका लागि २६ टेस्ट र एक सय ९८ एकदिवसीय खेल खेलेका थिए भने सन् २००९ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।
यसैगरी उनी अस्ट्रेलियाले सन् २००३ र २००७ मा एकदिवसीय विश्वकप जित्दाका महत्वपूर्ण सदस्य हुन् ।







