
१४ नयाँ खेलाडी ट्रायलका लागि मात्र ट्रायलका लागि मात्र भएको खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)लेमुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणमा बोलाएका १४ खेलाडी ट्रायलका लागि मात्र भएको बताएको छ ।
‘अल्मुताइरीले बोलाएका १४ जना खेलाडी ट्रायलका लागि मात्र हो । उनीहरु टिममा रहने विषयमा छलफल नै भएको छैन् । बन्द प्रशिक्षण छोडेर गएका खेलाडीहरुसँग छलफल हुँदैछ । समस्या समधान भयो भने उनीहरु बाहिरिनेछन,’ एन्फाका एक अधिकारीले रातोपाटीसँग भने ।
एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा परेर १० खेलाडीले आइतबार नै क्याम्प छोडेर गएका थिए । त्यसपछि अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई क्याम्पमा बोलाएका हुन् । एसियन कप छनोटमा लागि तयारी गरिरहेको नेपाल समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।छनोटको तयारी गरिरहको नेपालले आज क्यामरुनी क्लबसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे मैत्रीपूर्ण खेल खेल्दैछ ।







