
काठमाडौं, एएफसी फुटसल एसियन कप छनोटबाट नेपाल बाहिरिएको छ । कीर्गिस्तानमा जारी छनोट खेलमा लगातार दोस्रो हार खेपेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
यसअघि भने पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोलले पराजित भएको थियो । सोमबार एसियाली छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल ताजिकिस्तानसँग ११–१ गोलले पराजित भयो ।
यसैगरी अब समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।







