
रोहित कुमार पौडेलले पपुवा न्युजिनी (पीएनजी) विरुद्धको खेलमा सतक पुरा गरेका छन् ।कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा रोहितले ९१ बलमा सतक पुरा गरेका हुन् । यो उनको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो सतक हो ।उनले ९१ बलमा ७ चौका २ छक्का प्रहर गर्दै सतक पुरा गरे ।
रोहित एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।यसअघि पारस खड्काले यूएईविरुद्ध शतक प्रहार गरेका थिए ।







