
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि नेपाल विजयी भएको छ। मंगलबार यूएईमा भएको खेलमा नेपालले पीएनजीमाथि सात विकेटको जित निकालेको हो।
यूएईले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो। यसअघि पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।
नेपालको जितमा आरिफ शेखले ५९ रनको अर्धशतकीय योगदान गरे भने रोहित पौडेल ४४ बनाउनुभयो। पीएनजीका चाल्र्स अमिनीले दुई र काबुआ मोरले एक विकेट लिए।
यसअघि नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिनुभएको थियो। दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी र पवन सर्राफले नेपालका लागि समान एक–एक विकेट लिए।
नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो। दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पाराजित भएको नेपालले मङ्गलबार चौंथो खेलमा जित दर्ता गरेको हो।







