बार्सिलोनाको ओसासुनामाथि ४-० को शानदार जीत
फेरान टोरेसको दुई गोलको मद्दतले बार्सिलोनाले ओसासुनामाथि ४-० को शानदार जीत हासिल गरेको छ । ला लिगामा बार्सिलोनाको लगातार चौथो जीत हो ।

जीतसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाका लागि म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर फेरान टोरेसले दुई गोल गरे ।
खेलको १४ औँ मिनेटमा पेनाल्टीबाट बार्सालाई अग्रता दिलाएका टोरेसले २१ औँ मिनेटमा अग्रता दोब्बर बनाए । २७ औँ मिनेटमा पिएरे एमरिक आउबामियाङले तेस्रो गोल थपे ।
आर्सनलबाट बार्सिलोना आएपछि आउबामियाङले ६ खेलमा ५ गोल गरिसकेका छन् ।
दोस्रो हाफमा रिकी पुइगले अर्को गोल थप्दै बार्सालाई शानदार जीत दिलाए । २७ खेलबाट बार्सिलोनाको ५१ अङ्क रहेको छ ।
प्रतिकृया दिनुहोस्