नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २४

काठमाडौं, थाइल्यान्डमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । थाइल्यान्ड र एक स्थानिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
एन्फाका अनुसार नेपालले २७ मार्चमा थाइल्यान्डको पुरुष राष्ट्रिय टोलीसँग तथा २७ मार्चमा थाइल्यान्डको चोनबुरी एफसीसँग खेल्ने तय भएको छ । दुवै खेल थाइल्यान्डको चोनबुरीमा हुनेछ ।
यसैगरी एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थप तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
प्रतिकृया दिनुहोस्