May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

इंग्लिस प्रिमियर लीग: म्यानचेस्टरसँग युनाइटेड ४–१ गोलले पराजित

काठमाडौं, इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । गए रातिको भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाइटेडलाई ४–१ ले हराएको हो ।

जितसँगै २८ खेलबाट ६९ अंक जोडेको सिटी दोस्रो स्थानको लिभरपुलभन्दा ६ अंकले अघि छ । युनाइटेड ४७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यसैगरी सिटीलाई जिताउन केभिन डे ब्रुएन र रियाद महरेजले २–२ गोल गरेका थिए । युनाइटेडका जाडोन सान्चोले एक गोल फर्काएका थिए ।

यता गएरातिकै अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३–२ ले हराएको छ । आर्सनलको जितमा मार्टिन ओडेगार्ड,बुकायो साका, गाब्रियल मार्टिनेलीले एक एक गोल गरे ।

जितसँगै २५ खेलमा ४८ अंक जोडेको आर्सनल चौंथो स्थानमा उक्लिएको छ । वाट्फोर्ड १९ अंकका साथ १९ औं स्थानमा छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको