इंग्लिस प्रिमियर लिग: वेस्ट ह्यामलाई पराजित गर्दै म्यानचेस्टर शिर्ष स्थानमा
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २२

काठमाडौं, इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति वेस्ट ह्यामविरूद्ध जित निकाल्दै शिर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दूरी तीन अंकमा झारेको छ ।
जितसँगै लिभरपुलको २७ खेलबाट ६३ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक छ । पराजित वेस्ट ह्याम २८ खेलबाट ४५ अंक सहित पाँचौ स्थानमा छ ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा साडियो मानेले खेलको २७औं मिनेट निर्णायक गोल गरे । यसैगरी सिटीले आज बेलुकी म्यानचेस्टर युनाइटेडसंग खेल्दैछ ।
प्रतिकृया दिनुहोस्