March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

रियल मड्रिडले बनायो आठ अंकको अग्रता

स्पेनिस लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडजिरूद्ध ४-१ अन्तरको पुनरागमन जित निकाल्दा शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा १० औं मिनेटमै १-० अन्तरले पछि परेको रियलले पुनरागमन जित सहित सिजनको १९ औं जित निकालेको हो ।

रियलको जितमा इडुआर्डो कामाभिङ्गा, लुका मोड्रिक, कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले एक(एक गोल गरे । यसअघि सोसिडाडका माइकलले गोल गर्दै अग्रता बनाएका थिए ।

जितसँगै रियलले दोस्रो स्थानको सेभियामाथी आठ अंकको अग्रता बनाएको छ । रियलको २७ खेलबाट ६३ अंक छ भने सोसिडाड समान खेलबाट ४४ अंकसहित छैटौं स्थानमा छ ।

शीर्ष समाचार

धेरै पढिएको