September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

पाटन प्रिमियर लिगको उपाधि कैलपाल क्लबलाई

बैतडी, जिल्लाको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । कैलपालको यो लगातार पाचौँ उपाधि हो ।

फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपाल विजयी बनेको हो । उपाधिसँगै कैलपालले ५५ हजार ५५५ र पाटनले २२ हजार २२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

फाइनल भिडन्तमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल १८.३ ओभरमा १७० रनमा समेटियो । जसमा मुकेशचन्द र राजु भाटले सर्वाधिक २३÷२३ रन बनाएआ थिए ।

यसैगरी पाटनका दीपेन्द्र चन्दले ४ विकेट हात पारे । श्रीकृष्ण माविको खेलमैदानमा १७१ रनको लक्ष्य पन्छाएको पाटनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रन मात्रै जोड्न सक्यो । पाटनका लागि पञ्कज चन्दले ५५ रनको योगदान गरेपनि हार टार्न नसक्दा उपविजेतामै चित्त बुझायो । कैलपालका मुकेश चन्दले ३ विकेट हात पारे ।

शीर्ष समाचार

धेरै पढिएको