September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

सन्दीपको कप्तानीमा १६ सदस्यीय टोली घोषणा, को–को छन् ?

file photo

काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान) ले क्रीकेटर सन्दीप लामिछानेको कप्तानीमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई, पपुवा न्युगिनीसँग खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि अन्तिम १६ सदस्यीय टोली घोषणा गरेको छ ।

सो टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की, विनोद भण्डारीले पुनरागमन गरेका छन् ।

यसैगरी करण केसी, गुलशन झा, अनिल कुमाार शाह र राजु रिजाल बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । यूएई जानुअघि नेपालले श्रीलंकाको स्थानीय टोलीसँग ४ अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको