June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

ला लिगा: रियल म्याड्रिडको कठिन

काठमाडौं, स्पेनिस ला लिगा खेलमा रियल म्याड्रिडले स्पेनिस कठिन जित निकालेको छ । गए राति भएको सो खेलमा रियलले मध्यम टोली रायो भालेकानोलाई घरेलुु मैदानमा १–० गोलले हराएको हो ।

जितसँगै रियलले शीर्षस्थानमा नौ अंकको अग्रता बनाएको छ । रियलको २६ खेलबाट ६० अंक पुगेको छ । रियलको जितमा कप्तान करिम बेन्जेमाले निर्णायक गोल गरेका हुन् । बेन्जेमाले ८३औँ मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई जिताएका थिए ।

जारी लिगका बेन्जेकाको यो १९औँ गोल हो । सर्वाधिक गोल कर्ताको शीर्ष सुचीमा रहनुभएका बेन्जेमाले नौ असिस्ट पनि दिनुभएको छ । दोस्रो स्थानमा रहेका भिनिसियसको नाममा १३ गोल छ ।

प्रतिस्पर्धात्मक खेलको ३९औँ मिनेटमा क्यासमिरोको गोललाई रेफ्रीले भिएआरको सहायतामा अफ साइड दिएपछि रियल दबाबमा परेको थियो ।

६६ प्रतिशत बल पोसेसन राखेपनि रियललाई गोल गर्न निकै संघर्षगरे । रियललाई कडा टक्कर दिएको रायो भालेकानोले गोल फर्काउन भने सकेन ।

यसैगरी दोस्रो स्थानमा रहेको सेभियाको ५१ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । पराजित रायो भालेकानो ३१ अंक सहित १२औँ स्थानमा छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको