विश्वकप खेल्ने नेपालको सपना अधुरै,सेमिफाइनलमा ६८ रनले पराजित

टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोट खेलबाट नेपाल बाहिरिएको छ । मंगलबार भएको सेमी फाइलनमा खेलमा यूएईसँग नेपाल ६८ रनले पराजित हुँदै छनोट खेलमा पराजित भएको हो । १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा अलआउट भएर १ सय ७ रन मात्रै जोड्न सक्यो ।
नेपालकोतर्फबाट ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरी ३८, ज्ञानेन्द्र मल्ल २०, आरिफ शेख ११, कुशल भूर्तेल ७ तथा आसिफ शेख र लोकेश बम शून्य रनमा आउट भएका थिए । यसअघि यूएईका लागि १७५ रनको सम्मानजनक योगफल तयार पार्नेक्रममा मोहमद वासीमले ७० र व्रित्या अरविन्दले ४६ रनको आक्रामक पारी खेले ।
नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३÷३ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । नेपाल समूह विजेताका रूपमा सेमीफाइनलमा पुगेको हो भने यूएई अर्को समूहको उपविजेता हो । आजको खेल जित्ने टोली अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपका लागि छनोट हुनेछ ।
प्रतिकृया दिनुहोस्