June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

इंग्लिस प्रिमियर लीग: म्यानचेष्टर सिटी ३–२ गोलले स्तब्ध

काठमाडौं, इंग्लिस प्रिमियर लीग फूटबल अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले हार व्यहोरेको छ । खेलमा टोटेनह्यामले सिटीलाई ३–२ ले स्तब्ध बनाएको हो ।

जितसँगै २३ खेलबाट ३९औं जोड्दै टोटेनह्याम सातौ स्थानमा उक्लिएको छ भने सिटी २६ खेलबाट ६३ अंकसहित शीर्ष स्थानमा कायमै छ ।

यस्तै सिटीको घरेलु मैदान इतिहाद रंगशालामा टोटेनह्यामले खेलको चौथो मिनेटमै डिजेन कुलुसेवस्कीको गोलबाट अग्रता बनाएको थियो । ३३ औं मिनेटमा सिटीका इल्के गुण्डोगानले गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि टोटेनह्यामका ह्यारी केनले ५९औं र सिटीका रियाद महरेजले इञ्जुरी समयमा गोल गरेपछि खेल २–२ को स्थितीमा पुग्यो । तर इञ्जुरी समयको अन्तिम समयमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनह्याम ३-२ ले विजयी भएको हो ।

यसैगरी लीग अन्तर्गत नै दोस्रो स्थानको लिभरपुलले नर्विच सिटीलाई ३–१ तथा तेस्रो स्थानको चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हराएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको