June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

ला लिगा: रियल मड्रिडसँग अलाभेस ३ गोलले पराजित

काठमाडौं, स्पेनिस ला लिगा फूटबल खेलमा शीर्ष स्थानमा रहेको रियल मड्रिड विजयी भएको छ । ला लिगाअन्तर्गत गए राति भएको खेलमा रियलले अलाभेसमाथि ३–० को जित निकालेको हो ।

जितसँगै रियलले आफ्नो अग्रता सात अंकले बढाएको छ भने २५ खेलबाट ५७ अंक जोड्दा एक खेल कम खेलेको दोस्रो स्थानको सेभियाको ५० अंक छ ।

घरेलु मैदानमा रियलका लागि मार्को एसेन्सिओ, भिनिसिअस जुनिअर र करिम बेञ्जिमाले एक-एक गोल गरेको थियो ।

यसैगरी एसेन्सिओले ६३औं तथा भिनिसिअसले ८० औं मिनेटमा गोल गरेका थिए । त्यसपछि इञ्जुरी समयमा बेञ्जिमाले गोल थप्दै रियललाई ३–० को जित दिलाएका हुन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको