February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

ओमान नेपालसँग ३९ रनले पराजित

आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।शुक्रबार नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपालले जितका साथ खाता खोलेको हो ।

टस जितेर ओमानले ब्याटिङका लागि निम्त्याएपछि नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए । यस्तै, लोकेश बम र सन्दीप लामिछानेले समान १६–१६ रन बनाए ।

ओमानका लागि खवर अलीले सर्वाधिक तीन विकेट लिए भने बिलाल खानले दुई, फयाज बट र जीशान मकसुदले एक÷एक विकेट हासिल गरे । ११८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले १७ ओभरमा ७८ रन बनाउँदा आफ्ना सबै विकेट गुमाएको हो ।

ओमानका लागि नसिम खुशीले सर्वाधिक २४ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।ओमानलाई धरासायी बनाउने क्रममा कमलसिंह ऐरीले तीन, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई विकेट लिए । यस्तै, जितेन्द्र मुखिया र अविनाश बोहोराले एक÷एक विकेट हासिल गरे ।

शीर्ष समाचार

धेरै पढिएको