May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

श्रीलंकाविरुद्ध अष्ट्रेलियाको टी-२० क्रिकेट शृंखला दुई खेल अगाबै जिते

अष्ट्रेलियाले श्रीलंकाविरुद्धको टी-२० क्रिकेट शृंखला दुई खेल अगाबै जितेको छ । तेस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराउदै अष्ट्रेलियाले पाँच खेलको शृंखलामा ३-० ले कब्जा जमाएको हो ।

घरेलु मैदानमा १२२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍याे । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले ३९ रन, कप्तान आरोन फिन्चले ३५, तथा जोश इन्लिसले २१ रनको योगदान दिए ।

यसअघि टस हातेर ब्याटिङ निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो । श्रीलंकाका लागि कप्तान डसुन सनकाले अविजित ३९, दिनेश चन्डिमालले २५ तथा पाथुम निशन्काले १६ रनको योगदान गरे ।

शीर्ष समाचार

धेरै पढिएको