एफए कप: म्यानचेष्टर युनाइटेड फुटबलको चौथो चरणबाटै बाहिरियो
- हाम्रो कान्तिपुर
- २०७८ माघ २२

काठमाडौं, म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न भएको खेलमा मिडिल्सब्रोले युनाइटेडलाई पेनाल्टी सुटआउटमा ८–७ गोलले पराजित गरेको हो ।
निर्धारित र थपिएको अतिरिक्त समयमा पनि खेल १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । युनाइटेडका एन्थोनी एलान्गाको पेनाल्टी प्रहार गोलपोष्टको बारमा लागेर बाहिरिएको थियो ।
२५औं मिनेटमा युनाइटेडका जाडोन साञ्चोले शुरूवाती गोल गरे पनि ६४औं मिनेटमा मिडिल्सब्रोका म्याट क्रुक्सले गोल गर्दै खेल ११ को बराबरी गरेका थिए ।
शीर्ष समाचार
- काठमाडौँ महानगरले तीन हटायो नौ हजार होर्डिङ बोर्ड
- सुनको मूल्य हालसम्मकै उच्च,प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ
- बाह्र पटक म्याद थप्दा पनि सम्पन्न भएन काभ्रे उपत्यका खानेपानी आयोजना,नयाँ ठेकेदारको खोजी
- भन्सार चुहावट नियन्त्रणमा गर्न अर्थमन्त्री पौडेलको निर्देशन
- कर्णाली प्रदेश सरकारले पायो पूर्णता
धेरै पढिएको
-
खुकुरी प्रहारबाट महिलाको मृत्यु
२०७९ माघ ५ -
अभिनेता पल शाहले पाए सफाइ
२०७९ माघ ३

प्रतिकृया दिनुहोस्