प्रधानमन्त्री देउवाद्वारा प्रशिक्षक अल्मुताइरी सम्मानित

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । सो कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को पनि उपस्थिति रहेको थियो ।
यसअघि गत कार्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।
यसैगरी असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औँ संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल भएका राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्कारले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरिएको हो ।
प्रतिकृया दिनुहोस्