January 26, 2023, Thursday
२०७९ माघ १३, शुक्रबार

पहिलो हाफमा मोरिसविरुद्ध नेपालको १ गोल

मैत्रीपूर्ण दोस्रो खेलको पहिलो हाफमा अफ्रिकी मुलुक मोरिससविरुद्धको नेपालले आग्रता लिएको छ। खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले १ गोल गर्दै नेपाललाई अग्रता दिएको हो।

खेलको ११ औं मिनेटमा मोरिससले पाएको पेनाल्टी मिस गरेको थियो। मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टीलाई नेपाली टिमका कप्तान तथा गोल किपर किरण चेम्जुङले सहजै बचाए ।

यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको थियो। पहिलो मैत्रीपूर्ण खेलमा नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको