
पोखरा, आहा रारा गोल्ड कप फुटबलको उपाधि एपीएफ क्लबले हात पारेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमामा मनाङ मस्र्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि जितेको हो ।
निर्धारित समयावधिमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेट दिइएको थियो । अतिरिक्त समयमा पनि थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए । यसैगरी विजेता एपीएफले १० लाख एक हजार र उपविजेता मनाङले पाँच लाख एक हजार रुपयाँ पुरस्कार पाएका छन् ।







