April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

इंग्लिस प्रिमियर लीग: चेल्सी बराबरीमा रोकियो

काठमाडौं, इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी बराबरीमा रोकिएको छ । प्रिमियर लीगको पछिल्लो खेलमा चेल्सी र ब्राइटनले १–१ गोलको बराबरी खेलेका हुन् ।


बराबरीसँगै चेल्सीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । अवे मैदानमा चेल्सीले २८औं मिनेटमा हाकिम जियचको गोलबाट अग्रता लिएको थियो । तर ६०औं मिनेटमा ब्राइटनका आदम बेवष्टरले बराबरी गोल फर्काए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन भने तेस्रो स्थानको चेल्सीले २३ खेलबाट ४४ अंक जोड्दा २१ खेल खेलेको ब्राइटनको २९ अंक छ ।

शीर्ष समाचार

धेरै पढिएको