January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

इटालियन सुपर कप: युभेन्ट्सलाई २–१ गोलले हराउँदै इन्टर बन्यो च्याम्पियन

काठमाडौं, इटालियन सुपर कपको च्याम्पियन इन्टर मिलान बनेको छ । गए राति भएको फाइनल खेलमा युभेन्ट्सलाई २–१ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।

जितका लागि लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गरेका थिए भने युभेन्ट्सका वेस्टन म्याकेनीले गोल गरेका थिए ।

खेलको २५ औं मिनेटमा म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई १–१ को बराबरीमा ल्याए ।

त्यसलगत्तै खेलको अतिरिक्त समय १ सय २१ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए । यसैगरी इन्टरले २०१० पछि पहिलो पटक सुपर कप जितेको हो ।

शीर्ष समाचार

धेरै पढिएको