April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

ए’ डिभिजन लिग: जावलाखेल न्युथ क्लबमाथि थ्री स्टारको जित

काठमाडौं, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा थ्री स्टार क्लबले जावलाखेल न्युथ क्लबमाथि जित निकालेको छ । सातौं चरणको सो खेल अन्तरगत आज भएको पहिलो खेलमा थ्री स्टारले जावलाखेललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

यस जितसँगै थ्री स्टार १० अंकका साथ पाचौं स्थानमा पुगेको छ । खेलको छैटौं मिनेटमा युवा खेलाडी आयुस घलानले गोल गर्दै थ्री स्टारलाई सुरुवाति अग्रता दिलाएका थिए भने खेलको २५औं मिनेटमा रितिक कुमार खड्गाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

यसैगरी खेलको ५५औं मिनेटमा जाउवालाखेलका निकोलश फरयान्डीसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपछि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

शीर्ष समाचार

धेरै पढिएको