सहिद स्मारक ए डिभिजन लीगमा आजबाट तीन खेल हुँदै

काठमाडौं, सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आजबाट तीनवटा खेल हुँदैछ । लीग अन्तर्गत सातौं चरण शनिबार दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे शुरू हुने थ्री स्टार क्लब र जवालाखेल युथ क्लब भिड्दै छ भने थ्री स्टार ७ अंकसहित लीगको सातौं स्थानमा रहँदा समान ७ अंक जोड्दै जवालाखेल नवौं स्थानमा छ ।
अर्को खेल पोखरामा मनाङ मर्स्याङ्दी क्लब र बिग्रेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । क्लब लाइसेन्स पाएका ४ टोली मध्ये सातौं चरणसम्म माथिल्लो स्थानको क्लबले एएफसी कपको छनोटमा सहभागी हुन पाउने हुँदा मनाङलाई आज जित्नैपर्ने हुन्छ ।
यसैगरी १३ अंकसहित मनाङ दोस्रो स्थानमा रहँदा १२औं स्थानको बिग्रेडले ५ अंक जोडेको छ । पोखरा रंगशालामा खेल दिउँसो २ बजे शुरू हुनेछ । सातौं चरण अन्तर्गत तीन खेल पोखरामा खेल्ने कार्यतालिका छ ।
प्रतिकृया दिनुहोस्