इंग्लिस प्रिमियर लीग: बर्नलीमाथि ३–१ गोल गर्दै म्यानचेष्टर विजयी

काठमाडौं, इंग्लिस प्रिमियर लीगको खेलमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ । प्रिमियर लीगको पछिल्लो खेलमा युनाइटेडले रेलिगेशन जोनको बर्नलीमाथि ३–१ गोलको जित निकालेको हो ।
जितसँगै युनाइटेड १८ खेलबाट ३१ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । गोलसँगै युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलको आठौं मिनेटमै स्कट म्याकटोमिनेको अग्रता कायम गरेको छ ।
२७औं मिनेटमा बर्नलीका कप्तान बेन मीले आत्मघाती गोल गरेपछि युनाइटेडको अग्रता दोब्बर भएको थियो । यसैगरी ३५औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई ३० को अग्रता दिलाए । बर्नलीका लागि ३८औं मिनेटमा आरोन लिननले सान्त्वना गोल गरे ।
प्रतिकृया दिनुहोस्