September 27, 2023, Wednesday
२०८० आश्विन ११, बिहीबार

इंग्लिस प्रिमियर लिग: लेस्टर सिटीसँग लिभरपुल पराजित

काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर गए राति भएको खेलबाट स्तब्ध बनेको छ ।  मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएको हाे ।

जितसँगै शीर्ष स्थानको  म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ । खेलको ५९औं मिनेटमा एडेमोला लुकम्यानकाे गोलबाट सिटीले अग्रता बनाएको थियो भने बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो ।

हार व्यहोरेका लिभरपुल १९ खेलबाट ४१ अङ्कका साथ दोस्रो स्थानमा छ भने लेस्टर सिटी १८ खेलबाट २५ अङ्कका साथ तालिकाको नवौं स्थानमा रहको छ । 

यसैगरी अर्को खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित  गर्दा साउथह्याम्पटन र टोटनह्यामले  १–१ गोलको बराबरी खेले ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको