April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

पीएसजीलाई ग्लोब सकर अवार्डबाट सम्मानित

काठमाडौं, फ्रान्सका युवा फरवार्ड केलियन एम्बाप्पे तथा
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी ग्लोब सकर अवार्डबाट सम्मानित भएका छन् ।

२३ वर्षीय एम्बाप्पेले यस वर्ष खेलाडी बन्ने क्रममा ६ पटकको विजेता क्रिष्टियानो रोनाल्डो गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की र लियोनल मेस्सीलाई पछि पार्दै भोटिङको आधारमा सो अवार्ड हासिल गरेका हुन् ।

यसैगरी संयुक्त अरब इमिरेट्सस्थित अल वाल्स प्लाजामा सम्पन्न भएको बाह्रौं संस्करणको यो अवार्ड समारोहमा एम्बाप्पेलाई पुरस्कृत गरिएको थियो । जर्मन क्लब वार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले टिकटक फ्रेन्ड्स अवार्ड र म्याराडोना अवार्ड जित्‍न सफल भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको