April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

सहिद स्मारक ए डिभिजन लीग: संकटा र ब्रिगेड ब्वाइज क्लब भिड्दै

काठमाडौं, सहिद स्मारक ए डिभिजन लीग खेलमा आइतबार दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दै छन् ।

संकटा ५ खेलमा ९ अंकसहित चौथो स्थानमा छ भने संकटाले २ खेल जित्दा तीन खेल बराबरी खेलेको छ ।

यसैगरी ब्रिगेड समान खेलबाट ५ अंक जोड्दै १०औं स्थानमा छ । ब्रिगेड एकमा जित, दुईमा बराबरी र दुई खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।

आजै हुने अर्को खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब आमने सामने हुँदैछन् । आर्मी ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा छ । समान खेलबाट आठौं स्थानमा रहेको थ्री स्टारको ६ अंक छ ।

शीर्ष समाचार

धेरै पढिएको