शहिद स्मारक ‘ए’ डिभिजन लिग: च्यासलविरुद्ध शेर्पाको शानदार जित

काठमाडौं, शहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले च्यासल क्लबविरुद्ध सानदार जित हासिल छ । शनिबार दशरथ रंगशालामा भएको उक्त खेलमा शेर्पाले च्यासललाई ३–१ गोलले पराजित गरेको हो ।
जितसँगै हिमालयन शेर्पा छैटौँ स्थानमा पुगेको छ । शेर्पाको जितमा मुटम्बा पिस्टनले दुई गोल गरेका थिए भने अर्को गोल सुरेश कुमालले गरे । च्यासलका रुमेश बर्तौलाले सान्त्वना गोल फर्काए ।
शेर्पाका मुटम्बाले २५औँ मिनटमा खाता खोले थियो । ५६औँ मिनेटमा मुटम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पाको अग्रता दोब्बर बनाए ।
यसपछि ७५औँ मिनेटमा च्यासलका रुमेशले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ८०औँ मिनेटमा सुरेशले गोल गर्दै शेर्पालाई सानदार जित दिलाए । शेर्पाले ६ खेलबाट आठ अंक बनाएको छ ।
यसैगरी समान खेलबाट चार अंक बनाएको च्यासल रेलिगेसनको दबाबमा छ । च्यासल अंक तालिकाको १३औँ स्थानमा छ ।
प्रतिकृया दिनुहोस्