April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दिप लामिछाने : चार खेलाडी वर्खास्त

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गरेको छ ।अनुशासन उल्लंघन गरेको आरोपमा क्यानले मल्ल र ऐरिसहित सोमपाल कामी र कमल सिंह ऐरिलाई पनि कारबाही स्वरुप वर्खास्त गरेको हो ।

विज्ञप्ति जारी गर्दै क्यानले गठन गरेको छानबिन समितिले सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा कारबाही गरिएको उल्लेख छ ।उनीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा ६ महिनाको लागि सहभागी नगराउने निर्णय पनि क्यानले गरेको छ । बुधबार बसेको क्यानको बोर्ड बैठकले उक्त निर्णय लिएको हो ।

साथै कप्तान र उपकप्तानलाइ हटाइएसगै स्पिनर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको