January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

वेस्ट इन्डिजविरुद्ध पाकिस्तानको पहिलो टी–२० आई क्रिकेटमा सानदार जित

घरेलु टोली पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध पहिलो टी–२० आई क्रिकेटमा सानदार जित हात पारको छ । कराँचीमा सोमबार अबेर सम्पन्न खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हरायो ।

यस जितसँगै पाकिस्तानले तीन खेलको सिरजनमा १–० को अग्रता लिएको छ । पाकिस्तानले दिएको दुई सय एक रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभरमा सवै विकेटको क्षतिमा एक सय ३७ रनमा समेटिएको थियो ।वेस्ट इन्डिजका लागि साई होपले सर्वाधिक ३१ रन बनाउनुभयो ।

ओडिन स्मिथले २४, रोभमान पावेलले २३ र रोमारियोले २१ रन जोडेका थिए । बलिङमा पाकिस्तानका मोहमद वासिमले चार, शादव खानले तीन, शाहिन अफ्रिदी, मोहम्मद नवाज र हरिस रौफले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेको क्षतिमा २०० रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ७८ रन बनाए। हेइदर अलीले ६८ र मोहमद नवाजले अविजित ३० रन बनाए।

बलिङमा वेस्ट इन्डिजका रोमारियोले दुई विकेट लिए । ओडिन स्मिथ, डोमिनिक ड्रेक्स, ओशान थोमस र अकिल हुसैनले एक एक विकेट झारे । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको