January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

एथ्लेटिको म्याड्रिडलाई हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

एथ्लेटिको म्याड्रिडलाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा रियलको यो लगातार १० औँ जीत हो ।

ला लिगाको शीर्ष गोलकर्ता रहेका करिम बेन्जेमाले खेलको १६ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा रियललाई अग्रता दिलाए । लिगमा यो सिजन उनको यो १३ औँ गोल थिया । सन् २०२१ मा क्लबका लागि यो ३६ औँ गोल पनि थियो ।

एक वर्षमा उनले रियलका लागि गरेको सबैभन्दा धेरै गोल हो । दोस्रो हाफमा भिनिसियसले मार्को असेन्सियोका लागि गोलको अवसर सिर्जना गरे ।

साबिक विजेता एथ्लेटिको रियलभन्द १३ अङ्कले पछि परेको छ । डिएगो सिमिओनीको टोली लिगको चौथो स्थानमा सीमित बनेको छ । जिनेदिन जिदानको स्थानमा कार्लो एन्चेलोटी आएपछि पछिल्ला २३ खेलमा रियल मात्र दुई खेलमा पराजित भएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको