September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

यू–१९ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिम लाई ११३ रनले पराजित गर्दै लुम्बिनी बन्यो च्याम्पियन

काठमाडौं, सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता च्याम्पियन बनेको छ । आइतबार लुम्बिनीले टियु क्रिकेट मैदानमा भएकाे फाइनलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ रनले हराउँदै च्याम्पियन बनेको छ ।

२ सय १३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा अल आउट भएको थियो । सुदूरका लोकेश बमले ३९ बलमा ४ चौका सहित सर्वाधिक २५ रनको योगदान दिएका थिए भने अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर दुर्गेश गुप्ताले पाँचौं ओभरको पाँचौं बलमा नरेन भट्टलाई दुई रनमा विकेटकिपर प्रज्वल थापाबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । नरेन एज लागेर आउट हुन पुगेका थिए । सातौं ओभरको अन्तिम बलमा राहुल भण्डारीलाई गुप्ताले एक रनमा एलबीडब्लू आउट गरे ।


१२ औं ओभरमा मोम्मद हसनले दुई विकेट लिएपछि लुम्बिनी खेलमा हाबी बनेको थियो । दोस्रो बलमा बसन्त कार्की ७ रनमा बोल्ड आउट भए । दुई बलपछि इन स्वींग बलमा खडक बहादुर बोहरा २१ रनमा एलबीडब्लू धराप परे । दुर्गेशले नै प्रमुख ब्याटर अर्जुन साउदलाई ९ रनमा एलबीडब्लू आउट गरेपछि सुदूरको जितको सम्भावना पातलिएको थियो ।

यसपछि स्पिनर अजय चौहानले सुदूरलाई धरासय बनाएका थिए । अजयले नारायण जोशीलाई ११ रनमा बोल्ड आउट गरे । लोकेश बम ठूलो सट खेल्ने क्रममा लङअफमा विराट भण्डारीबाट क्याच भएपछि सुदूरको च्याम्पियन बन्ने सपना सकियो ।

लुम्बिनीका स्पिनर अजय चौहानले ५.३ ओभरमा २० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । दुर्गेश गुप्ताले ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हुसैनले ८ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर २ विकेट लिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको