मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल शीर्ष स्थानमा

दुबई, संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । यो जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ ।
शुक्रबार विश्वकप एसिया छनोटअन्तर्गत भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको लक्ष्य दिएको थियो ।
सो लक्ष्य नेपालले १८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो । जीतसँगै नेपालले आगमी वर्ष हुने टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
नेपालको जीतमा सीता राना मगरले सर्वाधिक ३० रनको योगदान दिईन् । कप्तान रुविना क्षेत्रीले २०, सरिता राना मगरले १५, कविता कुँवरले १० तथा इन्दु बर्माले चार रन बनाईन् ।
यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो ।
मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाईन् । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान दिईन् । बलिङतर्फ नेपालकी सबनम राईले दुई तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले एक-एक विकेट लिएकी थिइन ।
प्रतिकृया दिनुहोस्