December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज कतारसँग टि–२० सिरिज खेल्दै 

काठमाडौं, नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो  ।

आइसिसी वुमन्स टी–२० एसिया छनोटको तयारीमा नेपालले कतारसँग तीन खेलको अन्तर्राष्ट्रिय टि–२० सिरिज खेल्न लागेको हो । सिरिजको पहिलो खेल आज दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

यसअघि नेपालले पछिल्लो पटक नेपाली महिला क्रिकेट टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत डिसेम्बर ७ मा बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

सिरिजको दोस्रो खेल मंसिर १ र तेस्रो तथा अन्तिम खेल २ गत हुनेछ । कतार भ्रमणपछि नेपाली टोली टी–२० वुमन्स विश्वकप एसिया छनोटका लागि मंसिर ३ मा युएई प्रस्थान गर्नेछ ।

टी–२० वुमन्स विश्वकप एसिया छनोटमा आयोजक युएइ सहित नेपाल, हङकङ, भुटान, कुवेत र मलेसियाको सहभागिता छ । विश्वकप एसिया छनोट मंसिर ६ देखि १२ (९ नोभेम्बर २२ देखि २८ सम्म) हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको