
काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग लिखित स्पष्टीकरण सोधेको छ ।
खेलाडी वर्गीकरणको विषयलाई लिएर मिडियामा आएको असन्तुष्टि पोखेकाे भन्दै कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण सोधेको हो ।
स्रोतका अनुसार खेलाडीहरुलाई क्यानले आगामी बुधबारसम्म वर्गीकरणको विषयमा मिडिया बोल्नुको कारणसहित स्पष्टीकरण दिन भनेको बताएको छ ।
यसअघि उनीहरुले एक मिडियामा आएर राष्ट्रिय क्रिकेट खेलाडीहरुको वर्गीकरणमा आफुहरु सन्तुष्ट नभएको बताएका थिए ।







