December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

टि-२० विश्वकप: सेमिफाइनलमा आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै

दुबई, आइसिसी टि-२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै छ । नेपाली समयअनुसार उक्त खेल बेलुका ७ः४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

उत्कृष्ट फर्ममा रहेको पाकिस्तान अपराजित यात्रालाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ भने बाबर आजम नेतृत्वको पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टिम हो ।

यस्तै अष्ट्रेलिया पाकिस्तानलाई पहिलो हार दिँदै फाइनलमा स्थान बनाउने सोचमा छ । आजको विजेताले फाइनलमा उपाधिको लागि न्युजिल्यान्डसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगि सकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको