March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

ईपीएल: पोखरालाई ९ विकेटले हराउँदै चितवन फाइनलमा प्रवेश

काठमाडौं, एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चौंथो संस्करणको खेलमा चितवन टाइगर्स पोखरा राइनोजमाथि शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

बुधबार टियु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले हराउँदै चितवन फाइनल प्रवेश गरेको हो । पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले सहजै पुरा गरेको थियो भने पोखराले ७ ओभर ५ बलमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यसैगरी चितवनको तर्फबाट मोहमद साहजदले ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४८ रन बनाए । यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे भने करिम जनत पनि ४ रनमा अविजित रहे । पोखराका नन्दन यादवले १ विकेट लिए ।

यस्तै टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाउदा सुनिल धमलाले १८ रन जोडे यस्तै सुशन भारीले १२ रन बनाए ।

शीर्ष समाचार

धेरै पढिएको